गैंडाकोटमा सवारी दुर्घटना, पैदलयात्री घाइते

गैंडाकोट, कात्तिक १३ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका-१४ अमरापुरीस्थित पूर्व-पश्चिम राजमार्गमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा एक महिला घाइते भएकी छन्।

 

कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना.५९प.२२२६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी अमरापुरी निवासी ३३ वर्षीया इन्दिरा घिमिरेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घिमिरेको टाउकोमा चोट लागेर घाइते भएकी उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पठाइएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ ।

 

मोटरसाइकल चालक चितवन जिल्ला, भरतपुर महानगरपालिका-११ शान्तिटोल निवासी ७३ वर्षीय हरीनारायण पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको