नवलपुरमा प्रहरी चौकीमा तोडफोड र आगजनी गर्ने सात जना पक्राउ

नवलपुर, कात्तिक १३ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका-१ बेलुवा स्थित प्रहरी चौकी हुप्सेकोटमा तोडफोड र आगजनी घटनामा संलग्न सात जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार मिति २०८२ साल असोज २४ गते राति अनाधिकृत रूपमा कार्यालय परिसरभित्र प्रवेश गरी भवन र सवारी साधनमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको घटनाको अनुसन्धानक्रममा ती सात जना पक्राउ परेका हुन्।

 

उनीहरूलाई मिति २०८२ साल कात्तिक १३ गते नवलपुर जिल्ला अदालतबाट प्रारम्भिक म्याद सकिएपछि थप चार दिनको म्याद थप गरी “आपाराधिक प्रवेश तथा आपराधिक उपद्रव” सम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन कुमार खड्काका अनुसार घटनामा संलग्न अन्य व्यक्ति भए-नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको