साहित्यकार गोविन्द बहादुर कुँवर – एक परिचय

गोविन्दबहादुर कुँवर नेपाली साहित्यका  विशिष्ट प्रतिभा हुन्    । वि सं २००८ सालमा लमजुङको दूधपोखरीमा जन्मिएका  उनले कविता, कथा , निबन्ध हास्यव्यङ्ग्यात्मक रचना  ,बालकविता ,गजल मुक्तक  तथा विभिन्न लेखरचनामा  निरन्तर  कलम चलाएका छन् । साहित्यिक रचनाकै माध्यमद्वारा  राष्ट्रियस्तरका विभिन्न  प्रतिभा पुरस्कार प्राप्त गर्न सफल गोविन्दबहादुर कुँवरका एक दर्जन पुस्तक प्रकाशित भएका छन भने केही अप्रकाशित लेख रचनाहरु रहेको पाइन्छ । उनका विभिन्न सामूहिक स्मारिका तथा पत्रपत्रिकामा धेरै लेख रचनाहरू प्रकाशित भइरहेको पाइन्छ ।

 

उमेरले सात दशक पार गरिसकेका परिपक्व व्यक्तित्व कुँवरको यो बालकवितासङ्ग्रह पढ्दा  उनी अझै बालक नै छन जस्तो लागेको छ । बालबालिकाहरुको मनोभावना तथा रुचिअनुसारका कविताहरू यसमा रहेका छन् । उनी अझै निरन्तर साहित्य साधनारत रहेका छन् । उनले बालभावनालाई सतहबाट बुझेर यो  बाल- कवितासङ्ग्रह  रचना गरेको जस्तो देखिन्छ ।  सुन्दरबजार-८ भोटेओडार, लमजुङमा बसोबास  गर्ने उनको पहिलो रचना “मेरो देश” कविता सिपाही पत्रिकामा वि. सं २०२७ मा प्रकाशित भएको थियो । उनका प्रकाशित कृतिहरू १.समयका पदचापहरू (२०४७), मौन आवाजहरु (२०४८) तथा गुमनाम जिन्दगी (२०७८) कवितासङ्ग्रह, कथाजस्ता कथाहरू ( २०७५), मलाई उत्तर थाहा छ (२०७८) तथा निमिका (२०७८० कथा सङ्ग्रह,भोटेचौरको कथा (२०७५) जीवन कथा, देब्रेकुना (२०७८) तथा टेबलगफ (२०७८) निबन्धसङ्ग्रह एवम् तातेताते (२०५८) तथा रमाइलो दशैँ (२०७९) बाल साहित्यका पुस्तकहरू प्रकाशित छन् । यहाँ उनको बाल-कवितासङ्ग्रहमा रमाइलो दशैँलाई समग्रमा नियालेर हेर्ने जमर्को गरिएको  छ ।

 

रमाइलो दशैँ”

 

नेपाली साहित्याकाशमा  हेर्दा गोविन्दबहादुर कुँवर परिपक्व अनि  उत्कृट साहित्यिक व्यक्तित्वका रुपमा लिन सकिन्छ।

 

शब्दार्थ प्रकाशनद्वारा प्रकाशित रमाइलो दशैँ कुँवरको प्रकाशनको क्रमले १२ नम्बरको कृति हो । २०७९ |९|१५ गते प्रकाशन  गरिएको उक्त कृति ३२ पृष्ठको  छ । कृतिभित्र ससाना २४ वटा  ससाना कविताहरू सङ्ग्रहित  छन् । लामो समयसम्म  शिक्षण पेसामा आवद्ध कुँवरको उक्त कविता संग्रहमा सङ्ग्रहित हरेक कविताबाट बुझिन्छ कि साहित्यकारले बालमनोविज्ञानलाई राम्रोसँग बुझेका छन् ।  बालसुलभ शैलीमा  बालभावनालाई कलात्मक रुपमा प्रस्तुत गर्नु  कवि कुँवरको साहित्यिक उच्चताको पराकाष्ठाका रुपमा  बुझिन्छ ।

 

कविले समयसापेक्ष बालभावनालाई कदर गरेर  उनीहरूको मनोभाव बुझेर उनीहरूलाई उच्च बनाएर प्रफुल्लित पार्ने गरी उक्त कृति रचना गरिएको छ । बालपात्रलाई संशोधन गरिएको छ । हरेक कविताद्वारा  नैतिक सन्देश दिने प्रयास गरिएको छ ।बालभावनालाई सबैले कदर गर्नुपर्छ । उनीहरू रमाउने हरेक चाडपर्वले बालबालिकालाई संस्कारयुक्त बनाउन महत्वपूर्ण भूमिका रहन्छ ।  सरसफाइ, मिहिनेत, बचत ,आम्दानी कसरी गर्ने भन्ने कुरालाई बुझाउन खोजिएको छ । सानालाई माया र ठूलालाई सम्मान गर्नुपर्ने सन्देश पनि दिइएको छ । देशको लागि प्राण आहुती दिने शहीदप्रति सम्मान  गरेर बालबालिकाहरुलाई स्वाभिमानी बनाउन उत्प्रेरित  गरिएको छ ।  नदी, किनार, ढुङ्गा ,माटो, बालुवा, हावा, पानी , बोटवृक्ष सबैको संरक्षण गर्ने ज्ञान बालापनदेखि नै हुनुहुन्छ भनिएको छ ।ऋतुचक्र अनुसार देखिने फल ,लता लहरालाई चिनाउँदै त्यसबाट हुने फाइदालाई सानैदेखि बुझ्न आह्वान गरिएको छ । बालसुलभ  लघुतावाची बोली ,बालबालिकाहरुलाई  उपयुक्त हुने विभिन्न खेल, पर्व आदिलाई सन्दर्भसहित प्रस्ट पारिएको छ । मानवीय तथा अमानवीय पात्रलाई कवितामा समेटिएको छ । प्रकृतिका हरेको यामका रचना तथा प्रकृतिका सिर्जनासँग सामीप्य हुँदै रमाउन आग्रह गरिएको छ ।

 

पाखा पखेरा पहेँला घाम लाग्यो

 

घुलो,हिलो-मैलो सबै कता भाग्यो

 

.     वनमा देखिन्छ हरियाली कति राम्रो

 

आकाशजस्तै खुलेको छ मन हाम्रो

 

 

। भ्यागुता ,फट्याङ्रा ,माताबाट केही सङ्घर्ष गर्न सिके जीविकोपार्जन  गर्न सहयोग गर्छ भनिएको छ । हरेक खराख आचरणलाई त्यागेर सकारात्मक सोच हरेकले लानुपर्ने अभिव्यक्तिलाई कविताद्वारा अभिव्यक्त गरिएको छ । हरेको कविताको भावअनुसार  चित्रद्वारा कविताको भावनालाई अझै प्रश्ट पारिएको छ । तसर्थ  बालोपयोगी सन्दर्भ सामग्रीसहित बालबालिका   रचनात्मक बन्नुपर्ने  शुभेच्छा प्रकट गरिएको उक्त कृतिको आयाम सानो भएपनि बालभावनालाई समेटेको   हेर्दा यसको सन्देशले सगरमाको उचाईलाई छोएको महसुस भएको छ ।  बालबालिकाहरुलाई स्वाभिमानी ,देशभक्त , प्रकृतिप्रेमी  तथा मानवतावादी  हुनुपर्छ भन्दै  सकारात्मक सोच राख्न उत्साहित गरिएको छ ।उक्त  बालकविता सङ्ग्रह पढ्दा  सन्देशमूलक नै रहेको छ। कविताकाे स्वाद लिन पाइन्छ । अनेक बिम्व प्रतीककाे संयाेजन  भेट्न सकिन्छ । समग्रमा समयसापेक्ष  आर्थिक, सांस्कृतिक ,सामाजिक तथा बाल मनोवैज्ञानिक विषयवस्तु  समेटेर  रचना गरिएको उक्त बाल कवितासङ्ग्रह  उत्कृष्ट रहेको छ  । कविता झै कवि पनि बालबालिकाहरुप्रति उदार रहेका छन् भन्न सकिन्छ।

समीक्षक – विष्णु पन्थी “विनु”

गैँडाकोट २ नवलपुर

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको