
गैंडाकोट, माघ १४ । भनिन्छ सही वातावरण र अवसर पायो भने बालबालिकाले पत्याउनै नसक्ने कला पनि देखाउन सक्छन् । यस्तै अचम्मको कला रहेको छ गैंडाकोट २ का एक बालकमा ।
उनी भर्खर चार वर्षका हुँदैछन तर, उनले सामान्य मानिसले पत्याउनै नसक्ने कला देखाएर सबैलाई चकित पारेका छन्। बालबालिकाले आफ्नो अभिभावकको बोलीचाली, व्यवहार, रितिरिवाज, कला संस्कृति हेरेर सुनेर अनि देखेर आफैँँ सिक्ने हुनाले पनि बालबालिकाका अगाडि आमाबुबाले सही भाषा र कर्म गर्नुपर्दछ । साना साना बालबालिकाले सुन्दैनन्, बुझ्दैनन्, केही प्रतिक्रिया जनाउँदैनन् भन्ने भ्रम आजै छोड्नुपर्ने देखिन्छ।
जन्मजात नै यस्तै कला लिएर आएका आयुक कार्की गैंडाकोटकै नमुना सेकेन्डरी स्कुल गैंडाकोट २ मा भर्खर नर्सरीमा अध्ययनरत छन । उमेरका कारण उनको बोली प्रष्ट अझै आउँदैन उमेरले तीन वर्ष पूरा भई चार वर्ष मात्र लागे । आयुक कि आमा अनिता बानियाले आफ्नो छोराले मादल, खैजरी, मुजुरा, तबला लगायतका सांगीतिक सामग्रीहरू मार्फत जुनसुकै गीतमा पनि ताल निकाल्न सक्छन्। उनका बुबा शिक्षक हुन् आमा भने गृहिणी उनका बुवा अरुण कुमार कार्कीले बाबुले दुई वर्षदेखि नै घरमा भएको तबला र मादल बजाउन सुरु गरेको जिकिर गरे । उसले खोजेको सामान उसका अगाडि राखिदिँदा उ खुसी हुन्थ्यो। संगीतमा धेरथोर आफूलाई पनि रुचि भएका कारणले हामीहरुले छोरालाई ती सामग्रीहरूबाट वञ्चित गराउन सकेनौँ। उनीहरूका अनुसार बाबुले स्थानीय मठमन्दिरमा हुने भजन, घरायसी पूजा यज्ञ भजन लगायत आफू पढ्ने विद्यालयमा समेत मादल बजाउने गरेको जानकारी दिए।
(हेर्नुहोस् भिडियो)