अष्ट्रेलियाबाट समाजसेवामा समर्पित ज्योति पराजुलीको जन्मदिनमा अपाङ्ग संस्थामा सहयोग

नवलपरासी, असार २९ – अष्ट्रेलियामा बसोबास गर्दै आएकी समाजसेवी ज्योति पराजुलीले आफ्नो जन्मदिनको अवसरमा श्री मौलाकालिका अपाङ्ग सेवा संस्थामा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेकी छन्।

 

उनी विगत केही वर्षदेखि जन्मदिनलाई तडक-भडक नगरी सामाजिक सेवामा रूपान्तरण गर्दै आइरहेकी छन्। यस वर्ष पनि आफ्ना बुबा जगन्नाथ पराजुलीमार्फत संस्थामा सहयोग प्रदान गरिएक‍ो हो।

 

संस्थामा सहयोग हस्तान्तरण कार्यक्रममा बुबा पराजुलीले भने, “छोरी ज्योतिले बाल्यकालदेखि नै सामाजिक कार्यमा रुचि राख्ने गर्थी। अहिले अष्ट्रेलियामा भए पनि जन्मभूमिको माया र पीडितप्रतिको समर्पण अझै उस्तै छ। जन्मदिनमा सहयोग गरेर खुशी साट्ने उसको यो सोच निकै प्रेरणादायी छ।”

 

श्री मौलाकालिका अपाङ्ग सेवा संस्थाका प्रतिनिधिहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो कार्यले संस्थामा आश्रित बालबालिकाको मनोबल अभिवृद्धिमा मद्दत पुग्ने बताएका छन्।

 

“मेरो आशा छ, ज्योति जस्तै अन्य युवाहरूले पनि जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा समर्पित गर्ने प्रेरणा लिनेछन्,” अन्त्यमा बुबा जगन्नाथ पराजुलीले अपेक्षा व्यक्त गरे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको