
गैंडाकोट, जेठ १ । लायन्स क्लब अफ चितवन वाङ्मयको आठौं अधिवेशनबाट वर्ष २५/२६ का लागि लायन राजेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तैगरी प्रथम उपाध्यक्ष बिदुर अधिकारी, द्वितीय उपाध्यक्ष डाक्टर गोपीनाथ कण्डेल, सचिव राजेन्द्र सिलवाल “घायल” कोषाध्यक्ष सोही क्लबकी पूर्व अध्यक्ष एवं रिजन चेयर पर्सन एम.जे.एफ लाइन हरि प्रिया रिजाल, सह-सचिव रोहिणी प्रसाद लोहनी र सल्लाहकार पुष्प अधिकारी अन्जली रहेका छन्।
लायन वर्ष २४/२५ का अध्यक्ष सुजन अधिकारीको अध्यक्षता एवं रिजन १४ का रिजन चेयर पर्सन एम.जे.एफ लायन हरि रिजाल प्रियाको प्रमुख आतिथ्यता मा गैंडाकोटको मौलाकालिका मन्दिरको सभाहलमा सम्पन्न अधिवेशन उद्घाटन सत्रमा महाकाव्यकार लायन केशवराज आमोदी, संस्थापक अध्यक्ष लायन ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’ पूर्व अध्यक्ष लायन मिरा तिमल्सिना, डाक्टर गोपीनाथ कण्डेल, सूर्य मणि रेग्मी, एम.जे.एफ लिला राना, सल्लाहकार लायन कर्णल धनबहादुर मास्की राना, आख्यानकार एवं नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष बसन्त पराजुली ,अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकम सापकोटा, मन्दिरका व्यवस्थापक छवि खरेल, प्राध्यापक गोकर्ण मल्ल लगायतको उपस्थिति रहेको थियो। वर्ष २४/२५को अन्तिम फेलोसिप तथा काव्य सन्ध्या कार्यक्रममा रोजिना लोहनी, सीता सापकोटा, शोभा रेग्मी सहित मौलाकालिका गुरुकुलमका विद्यार्थीहरूले समेत आफ्नो रचनाहरू वाचन गरेका थिए।