जगन्नाथ शान्तिकुञ्जले सम्पन्न गर्यो आफ्नो २६ औँ साधारण सभा

तनहुँ, देवघाट जेठ ४ । देवघाटमा रहेको जगन्नाथ शान्ति कुञ्जको २६ औँ साधारण सभा संस्थाको आफ्नै भवन शनिबार सम्पन्न भएको छ।

 

संस्थाका अध्यक्ष भोजराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा देवघाट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सोही संस्थाका सल्लाहकार समिति संयोजक शैलेन्द्रकुमार पिया विशेष अतिथि र सामाजिक व्यक्तित्वहरू यमबहादुर मगर, वेदप्रसाद गौडेल, भोजेन्द्र पौडेल, विष्णु अधिकारी लगायत अतिथिहरू रहेका थिए। २६ औँ साधारण सभामा संस्थाको आर्थिक विवरण एवं हालसम्म भए गरेका प्रगति र महासचिव झलककाजी पौडेलले आगामी वर्षका लागि योजनाहरू तर्जुमा गरिएको विवरण सभामा प्रस्तुत गरेका थिए । उपाध्यक्ष देवेन्द्र शर्माले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमलाई सचिव नरहरी सापकोटाले सहजीकरण गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको