विजय लघुवित्त रजहरको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गैंडाकोट, बैशाख २९ । विजय लघु वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रजहरले आफ्ना समूह अध्यक्ष एवं सदस्यहरू लाई एकदिने वित्तीय साक्षरता कार्यक्रम आइतबार दलदलेमा रहेको सहारा पार्टी प्यालेसमा सम्पन्न गराएको छ।

 

संस्थाका केन्द्रीय अनुगमन अधिकृत शम्भुप्रसाद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रेग्मीले वित्तीय साक्षरताको विषयमा प्रस्तुतीकरण दिनुका साथै वित्तीय साक्षरताको अर्थ, यसको महत्व, सिद्धान्तहरु तथा वित्तीय साक्षरताका विषयमा बचतकर्ता, समूह अध्यक्ष तथा सदस्यहरूसँग अन्तरक्रियात्मक छलफल गराएका थिए । कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष केशवराज गौतम, इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक हिमलाल श्रेष्ठ लगायत भगवती श्रेष्ठ तिलकराम पौडेल भीमकला पौडेल अतिथि रहेका थिए। शाखा कर्मचारी देवी सापकोटाले उपस्थित सम्पूर्णलाई स्वागत गरेको उक्त साक्षरता कार्यक्रमको सहजीकरण रजरहर शाखा प्रमुख खिनादेवी शर्माले गरेकी थिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको