देवघाटमा पूर्व प्रहरी संगठनद्वारा सरसफाइ कार्यक्रम

देवघाट (तनहुँ), असोज ९ । नेपाल पूर्व प्रहरी संगठन गैँडाकोट नगर समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत देबघाट गाउँपालिका ५ कालिमाटी स्थित जगन्नाथ शान्ति कुञ्ज जेष्ठ नागरिक आवास परिसरमा सरसफाइ कार्यक्रम बुधबार सम्पन्न गरेको छ।

 

गैँडाकोट नगर समितिका अध्यक्ष दुर्गाजीत कुँवरको संयोजकत्वमा भएको उक्त कार्यक्रममा संगठनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले सरसफाइलाई सामाजिक चेतना र मानवताको मूल आधार बताउँदै पूर्व प्रहरी संगठनले सदैव समाजसँगै कदम मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “हामी प्रहरी सेवामा हुँदा जस्तै अहिले पनि समाज र जनतालाई आवश्यक परेको ठाउँमा साथ दिने हाम्रो धर्म हो। सरसफाइ जस्ता सन्देशमूलक अभियानले सामाजिक एकता र अनुशासनलाई अझ सुदृढ बनाउँछ।”

 

त्यस अवसरमा जगन्नाथ शान्तिकुञ्ज जेष्ठ नागरिक आवासका अध्यक्ष भोजराज भट्टराईले संगठनको प्रयासप्रति आभार प्रकट गर्दै आवासलाई यस किसिमका सामाजिक अभियानले ठूलो प्रेरणा मिल्ने बताए।

उनले भने, “जेष्ठ नागरिकहरूको जीवन सहज र सुरक्षित बनाउन हामी निरन्तर लागिरहेका छौं। यस्तो अवसरमा पूर्व प्रहरी संगठनले दिएको सहयोग र सहभागिताले हामीलाई हौसला दिएको छ।” त्यसैगरी संगठनका महासचिव झलककाजी पौडेलले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको