गैंडाकोटमा जेनजेड सहिदप्रति श्रद्धाञ्जली, भ्रष्टाचारविरुद्ध संघर्ष जारी राख्ने संकल्प

गैंडाकोट, भाद्र २९ । गैडाकोट-५ कालिगण्डकी चोकमा शनिबार साँझ जेनजेड सहिद तथा आन्दोलनकै क्रममा ज्यान गुमाएका सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

 

जेनजेड आन्दोलनमा सहादत प्राप्त गरेका युवा र आन्दोलनका क्रममा जीवन गुमाएका सुरक्षाकर्मीप्रति सम्मानस्वरूप आयोजित कार्यक्रममा स्थानीय आम सर्वसाधारण र युवा अरु अरुको बाक्लो उपस्थिति थियो।

 

भ्रष्टाचार, बेथिति र वाक स्वतन्त्रताको हननविरुद्ध उठेको आवाजलाई दमन गर्दा युवाको मृत्युवरण भएको स्मरण गर्दै सहभागीहरूले मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरेका थिए। वक्ताहरूले सहिदको बलिदानले राज्य व्यवस्थामा सुधार ल्याउने र बेथितिको अन्त्य गर्ने मार्ग खुल्ने विश्वास व्यक्त गरे।

 

कार्यक्रमको नेतृत्व जेनजेड युवा समिर बाग्लेले गरेका थिए भने सहजीकरण युवा सरोज पोखरेलले गरेका थिए। उपस्थितहरूले सहिदको सपना पूरा गर्न निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका थिए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको