
गैंडाकोट, श्रावण २३ । गैंडाकोट नगरपालिका वडा नम्बर २ की अग्रणी महिला व्यवसायी श्रीमती लक्ष्मी घिमिरेलाई संकेत वर्ष सम्मान २०८२ बाट सम्मानित गरिने भएको छ।
उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत जीवन बीमा क्षेत्रमा लामो समयदेखि निरन्तर, निष्ठाका साथ उत्कृष्ट सेवा प्रदान गर्दै आएकी थिइन् । यिनै उपलब्धिहरूका आधारमा उनले हालै Mt. Everest Leaders’ Club 1st Achiever को गौरवपूर्ण उपाधि प्राप्त गर्न सफल भएकी हुन । नेपालमै सर्वाधिकृत व्यवसाय गर्न सफल महिला बीमा अभिकर्ता मध्ये एक भएकोमा गैंडाकोट क्षेत्रका लागि गर्वको विषय बनिरहेको समयमा उनको यही विशिष्ट योगदानलाई सम्मान गर्दै, हरितालिका तीजको अवसरमा रेडियो संकेतले गैंडाकोटमा आयोजना गर्न लागेको “बृहत खुल्ला तीज गीत प्रतियोगिता ” का अवसरमा “संकेत वर्ष सम्मान २०८२ बाट उनलाई एक कार्यक्रमका बीच सम्मानित गरिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहने र सांस्कृतिक उत्सवको साथमा सम्मान कार्यक्रम राखिने रेडियोका स्टेसन म्यानेजर सुजन अधिकारीले जानकारी दिएका छन् ।