नवलपुर-२ मा कांग्रेसको बलियो एकता, जित दोहोर्याउने आत्मविश्वास

गैडाकोट, माघ २४ । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस एकजुट भएर निर्वाचनमा होमिएको छ । यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने काँग्रेस नेताहरुले आफुहरु एकजुट भएको सन्देश दिएका छन् । नवलपुर क्षेत्र नम्बर २ मा काँग्रेसबाट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष ओमबहादुर घर्तिमगर उम्मेदवार छन् ।

उम्मेदवारका लागि दाबेदार मानिएका प्रभावशाली नेताहरू विष्णु कुमार कार्की, विष्णु प्रसाद लामिछाने र शंकर तिवारीले व्यक्तिगत आकांक्षाभन्दा पार्टीको विजय ठूलो भएको भन्दै चुनावी अभियानमा होमिएका छन्। नेताहरू बीचको यो समझदारीले जिल्लाभरका कांग्रेस कार्यकर्तामा नयाँ उत्साह थपेको क्षेत्रीय सभापति सुर्य गुरुङले बताए । उनले भने , ‘ नेताहरु एकजुट भएर लाग्नु भएको छ , पार्टी भित्र कुनै बिबाद छैन , कार्यकर्ता उत्साहित छन् ” ।

उम्मेदवारीका बलिया दाबेदार मानिएका निवर्तमान सांसद बिष्णु कुमार कार्किले कार्यकर्ताहरूमा कुनै अन्योल नराख्न स्पष्ट सन्देश दिनुभएको छ। उहाँले भन्नुभयो, “हामीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो, तर जब निर्वाचनको कुरा आउँछ, हामी सबै एउटै रुख चिन्हका सिपाही हौँ। मेरो व्यक्तिगत ईच्छा भन्दा पार्टीको निर्णय सर्वोपरि हो। ‘
उहाँले काँग्रेस उम्मेदवार ओमबहादुर घर्ती मगरलाई विजयी गराउन आग्रह गर्दै कार्यकर्ताहरुलाई ढुक्क भएर चुनावमा लाग्न निर्देशन दिए । कार्कि नेपाली काँग्रेसका केन्द्रिय सदस्य हुन । नेपाली काङ्ग्रेसका गण्डकीका महामन्त्री विष्णु प्रसाद लामिछानेले पार्टी निर्णयलाई आत्मसाथ गर्दै काँधमा काँध मिलाएर हिँड्ने बताए । उनले भने , ” क्षेत्र नम्बर २ मा कांग्रेसको जित जोगाउन सबै एकजुट हुनुपर्छ , अबको लक्ष्य जित हो , हामी एकजुट छौं , सबै कार्यकर्ता सङ्गठनमा एक भएर काङ्ग्रेसको जितका लागि लाग्नु ,जेन्जिको भावना समेटेर अगाडी बढ्ने पहिलो दल काङ्ग्रेस हो जनताका बिचमा एजेन्डा स्थापित गर्नु ” । काँग्रेस नेता शंकर तिवारीले काङ्ग्रेस आन्तरिक प्रतिस्पर्धाको कुरालाई बिर्सिएर अगाडी बढेको बताए । उहाँले चुनाब केन्द्रित भएर जित निकाल्ने गरि लाग्न कार्यकर्तालाई आग्रह गरे । सम्पुर्ण सङ्गठनको बल जित तर्फ अग्रसर रहेको उनले बताए ।

काँग्रेस उम्मेदवार ओमबहादुर घर्ती मगरले नेताहरूको यो विशाल हृदय र समर्थनले आफूलाई भावुक र जिम्मेवार बनाएको बताएका छन । उनले भने , “नेताहरुको यो साथ मेरो लागि मार्गदर्शक छ। हामी सबैको एउटै लक्ष्य नवलपुर-२ को चौतर्फी विकास र कांग्रेसको सान उच्च राख्नु हो। ” काङ्ग्रेस यस क्षेत्रमा उच्च मनोबलका साथ मैदानमा उत्रिएकाले र नागरिकको भरोसा बढेकाले घर्ती उत्साहित देखिएका छन । नवलपुर २ मा काँग्रेसले फागुन २१ को निर्वाचनका लागि पालिका तथा वडा स्तरिय कार्यालय उदघाटन, घरदैलो, सुझाब संकलन लगाएतका अभियान अगाडी बढाईरहेको छ ।
(पत्रकार रमेश बस्ताकोटीको समाचार)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको