नेपाली कांग्रेस नवलपुरका सभापतिहरूको निष्कर्ष : नेतृत्व परिवर्तन अपरिहार्य

गैंडाकोट, असोज २२ । नेपाली कांग्रेस नवलपुरका आठ स्थानीय तहका सभापतिहरूले पार्टीको नेतृत्व परिवर्तन अब अपरिहार्य भएको निष्कर्ष निकालेका छन्। बुधबार कावासोतीमा बसेको सभापतिहरूको बैठकले हालको नेतृत्वले संगठनमा आवश्यक ऊर्जा र जनविश्वास पुनःस्थापित गर्न नसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने निर्णय गरेको हो।

बैठकपछि जारी विज्ञप्तिमा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई “नेतृत्व परिवर्तनका लागि चलिरहेको हस्ताक्षर अभियानमा सहभागी भई परिवर्तनको पक्षधर बन्न” आग्रह गरिएको छ। साथै, नवलपुरबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई आगामी केन्द्रीय समिति बैठकमा विशेष वा नियमित महाधिवेशनको पक्षमा निर्णय गराउन पहल गर्न पनि अनुरोध गरिएको छ।

गैँडाकोट नगरसभापति बद्री सापकोटाले भने, “पार्टीले विगतका गल्तीबाट सिक्दै नयाँ दिशामा अघि बढ्नुपर्ने बेला आएको छ। नेतृत्वमा नवीन सोच र ऊर्जाशील व्यक्तित्व आवश्यक भएकोले विशेष महाधिवेशनको माग स्वाभाविक हो। हामी संगठनभित्र सकारात्मक परिवर्तनका पक्षमा छौं,” उनले बताए।

विज्ञप्तिमा देवचुली नगरसभापति डिल्लीराम कडरिया, गैँडाकोट नगरसभापति बद्री सापकोटा, मध्यविन्दु नगर कार्यवाहक सभापति जितबहादुर थापा, कावासोती नगर उपसभापति गोमा खण्डलुक, बुलिङटार सभापति ओमकुमार श्रेष्ठ, हुप्सेकोट सभापति बलबहादुर राना, र विनयी त्रिवेणी सभापति अजित थापाले हस्ताक्षर गरेका छन्।

नवलपुरमा ६८ प्रतिशतले गरे विशेष महाधिवेशनको समर्थन-
विशेष महाधिवेशनको पक्षमा नवलपुर जिल्लामा ६८ प्रतिशत हस्ताक्षर भइसकेको बताइएको छ।५० जना महाधिवेशन प्रतिनिधि रहेको जिल्लामा फाइल बुझाउने समयसम्म ४० जनाले हस्ताक्षर गरेको दाबी गरिएको छ।

दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं. १ मा हालसम्म १६ जनाले हस्ताक्षर गरिसकेका छन्। भोलि बोलाइएको महासमिति तथा महाधिवेशन प्रतिनिधिको भेलापछि सभापति महेन्द्रध्वज जिसी र खगिसरा गुरुङले पनि अभियानको पक्षमा हस्ताक्षर गर्ने तयारी गरेको श्रोतले जनाएको छ।

त्यसैगरी क्षेत्र नं. २ मा हालसम्म १८ जनाले हस्ताक्षर गरिसकेका छन्। केही प्रतिनिधि काठमाडौंमा रहेकाले फाइल बुझाउने अन्तिम समयसम्म यो संख्या अझै बढ्ने बताइएको

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको