गैंडाकोट पुलचोक क्षेत्रमा जोखिमपूर्ण सडक मर्मत, चाडपर्वमा यात्रु सहजता सुनिश्चित

गैंडाकोट, कार्तिक १। पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्डको गैंडाकोट पुलचोक आसपासको करिब ५०० मिटर सडक खण्ड आज मर्मत गरिएको छ। सडक विभागको बेवास्ताका कारण लामो समयदेखि जोखिमपूर्ण बनेको उक्त सडकलाई स्थानीयको पहलमा चाडपर्वको भीडभाडमा यात्रुहरूलाई सहजता होस् भन्ने उद्देश्यले मर्मत गरिएको हो।

गैंडाकोट-५ का समाजसेवी तथा नेपाली कांग्रेस नगर सचिव गोविन्द घिमिरेका अनुसार मर्मत कार्य स्थानीय समाजसेवी, नगर प्रमुख, वडा नं २ का वडाध्यक्ष, नागरिक समाज, पत्रकार, ट्राफिक प्रहरी गैंडाकोट/भरतपुर र इलाका प्रहरी कार्यालय गैंडाकोटको समन्वयमा सम्पन्न गरिएको हो।

मर्मतका क्रममा चितवन र नवलपुरतर्फबाट करिब एक घण्टासम्म सवारी साधन आवागमन रोकिएको थियो। घिमिरेका अनुसार स्थानीयहरूले मुग्लिन-नारायणगढ सडक आयोजनाका प्रमुख इन्जिनियर शिव खनाललाई पटक-पटक अनुरोध गरेपछि आयोजनाको तदारुकतामा मर्मत सम्भार सम्भव भएको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको