गैंडाकोट, कात्तिक ९। गैंडाकोट-२ निवासी सुरेश सापकोटा र बिनु सापकोटाका १३ वर्षीय छोरा सुबिन सापकोटा बोन क्यान्सर (Bone Cancer) बाट पीडित भएका छन्। बालक सुबिनले हालसम्म भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।
चिकित्सकको सिफारिसअनुसार अब उनको थप उपचारका लागि भारत, नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पताल लैजानुपर्ने भएको छ। तर उपचार खर्च अत्यधिक हुने भएकाले सुबिनको परिवार आर्थिक कठिनाइमा परेको छ। गैंडाकोटकै बालविकास इङ्लिस स्कुलमा कक्षा सातमा पढ्ने उनलाई बचाउनका लागि परिवारले देश-विदेशमा रहेका दयालु मनहरू, संघ-संस्थाहरू तथा सहयोगी नागरिकहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गरेको छ। “सुबिनको उपचार अब भारतमा निरन्तर गर्नुपर्ने अवस्था आएको छ, जसका लागि ठूलो रकम आवश्यक छ। तपाईँको सानो सहयोगले पनि हाम्रो छोराको जीवनका लागि ठूलो आधार बन्न सक्छ,” सुबिनकी आमा बिनु सापकोटाले बताइन्।
इच्छुक सहयोगीहरूले पीडित बालक सुबिन सापकोटाको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक (RBB) खाता वा बैंक क्युआर मा रकम जम्मा गर्न सक्नेछन्। क्युआर तथा बैंक विवरण हामीले यसै समाचारमा समावेश गरेका छौं। थप जानकारी वा प्रत्यक्ष सम्पर्कका लागि सुबिनकी आमालाई ९८६६३७९५४२ मा सम्पर्क गर्न सकिन्छ। सुबिनको उपचारमा सहयोग पु-याउने प्रत्येक हात र साझा मनले एक बालकको जीवन बचाउन सक्नेछ। तपाईंको सानो योगदान पनि सुबिनका लागि जीवनको नयाँ आशा बन्न सक्छ।
“सुबिनको मुस्कान फर्काउन हामी सबैको सानो योगदान ठूलो सहारा बन्न सक्छ।” सहयोग गरौं, जीवन बचाऔं।
उनको खाताको विवरण A/C No.: 3350100004579010 Name: SUBIN SAPKOTA,Branch: Gaindakot Branch, Nawalparasi (S
usta Purwa)








