गैडाकोट, मङ्सिर ३ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरे पाण्डे सन् २०२६ का लागि कोट अफ दि टेबल (COT) बन्न सफल भएकी हुन् । उनले २०८१ सालमा इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेको र मात्र एक वर्षको अवधिमा विश्वस्तरीय मानिने मिलियन डलर राउण्ड टेबल (MDRT) अन्तर्गतको COT लक्ष्य हासिल गरी विशिष्ट उपलब्धि हात पारेकी हुन्।
कम्पनीका अनुसार उहाँ २०२६ का लागि आइएमई लाइफकी पहिलो MDRT र COT एजेन्सी म्यानेजर समेत बनेकी छन्। विभिन्न चुनौती र बाधाबीच निरन्तरता, समर्पण र पेशागत प्रतिबद्धताका कारण लक्ष्मीले अल्प समयमै उच्च नतिजा निकाल्न सफल भएको कम्पनीले जनाएको छ।
उनको उपलब्धिको सम्मानमा आज गैडाकोटस्थित होटल द नारायणीमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा आइएमई लाइफ इन्स्योरेन्सका बजार प्रमुख आइआर सुवेदीले पाण्डेलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै COT लक्ष्य हासिल गर्नु कम्पनीका लागि गौरवको विषय भएको बताए।
सुवेदीले लक्ष्मीको उपलब्धिले उद्योगमै प्रेरणादायी उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै भने-, “उहाँको कडा परिश्रम, पेशागत शुद्धता र निरन्तरताले शाखाको मात्र होइन कम्पनीकै प्रतिष्ठा उच्च बनाएको छ। यसले अन्य अभिकर्तालाई पनि ठूलो उर्जा र प्रेरणा प्रदान गर्छ।”
कार्यक्रममा सहभागी अधिकारी, अभिकर्ता तथा परिवारजनले केक काटेर सेलिब्रेसन गर्दै पाण्डेको उपलब्धिमा शुभकामना व्यक्त गरेका थिए।
समारोहपछि प्रतिक्रिया दिँदै लक्ष्मी घिमिरे पाण्डेले भनिन् “आइएमई लाइफ जस्तो प्रतिष्ठित कम्पनीमा काम गर्दै कम्पनीकै पहिलो COT बन्न पाउनु मेरो करियरको महत्वपूर्ण उपलब्धि हो। परिवार, सहकर्मी र ग्राहकहरूको साथ नहुँदो आज म यहाँ हुने थिइनँ। बीमाको बढ्दो आवश्यकता र सामाजिक जिम्मेवारीलाई बुझेर भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य मैले लिएकी छु।”
लक्ष्मीका श्रीमान् तेजनारायण पाण्डेले पत्नीको सफलतामा खुशी व्यक्त गर्दै भने-“लक्ष्मीको मेहनत, समर्पण र लक्ष्यप्रतिको निष्ठा प्रशंसनीय छ। हाम्रो परिवार उहाँको सफलतामा गर्व गर्छ। आगामी दिनमा पनि यसैगरी उचाइ हासिल गर्दै जानु हाम्रो शुभकामना छ।”
कम्पनीका अधिकारीहरूले पाण्डेको उत्कृष्ट प्रदर्शनले संस्था र शाखा दुवैको प्रतिष्ठा उकासिएको बताउँदै उहाँको यो उपलब्धिले इन्स्योरेन्स क्षेत्रमा सक्रिय युवा अभिकर्ताहरूका लागि मार्गदर्शक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।








