नारायणी नदीमा हामफाल्दा युवक बेपत्ता, प्रहरीले खोजतलास जारी

गैडाकोट, मंसिर २२ । जिल्लाको गैडाकोट नगरपालिका-५ कुसुमघाटस्थित अधिकारी कुल मन्दिर नजिक नारायणी नदीमा एक युवक डुबेर बेपत्ता भएका छन्।

 

सोमबार साँझ १७:०० बजेतिर राईनो वाटर इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गर्दै आएको क्रुज (पानी जहाज) मा कार्यरत जिल्ला बैतडी, दशनथचन्द नगरपालिका-९ नागारजुन बर्तौली घर भएका वर्ष २०/२१ का तरुण भण्डारीले नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।

 

भण्डारीले नदीमा हाम फाल्नुअघि सोही क्रुजमा रहेका जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ शिवघाट बस्ने ४५ वर्षीय शिव भट्टराईलाई आफ्नो मोबाइल दिई भिडियो बनाउन अनुरोध गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धार कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको