गैंडाकोट, पौष १६ । अत्यधिक चिसो बढ्दै गएपछि गैंडाकोट नगरपालिकाले नगरभित्र सञ्चालित सम्पूर्ण विद्यालय एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको निर्णयअनुसार २०८२ साल पौष ६ गते बुधबार पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका सबै विद्यालय बन्द रहने नगरपालिकाले जनाएको छ। चिसोका कारण जनजीवन प्रभावित हुनुका साथै बालबालिकाको विद्यालय आवागमन र पठनपाठनमा समस्या देखिएको भन्दै विद्यालय बन्द गरिएको हो। नगरपालिकाले यस अवधिमा अभिभावकलाई बालबालिकाको स्वास्थ्य र सुरक्षामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ भने विद्यालयहरूलाई पनि विद्यार्थीहरूलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ। सूचना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामिछानेद्वारा जारी गरिएको हो।







