CG फुड्समा काम गर्ने क्रममा युवक करेन्ट लागेर घा’इते

देवचुली, मंसिर २३ । नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–२ स्थित CG फुड्स प्रा.लि.मा स्टिम पाइपलाइन बनाउने क्रममा हाईटेन्सन तारमा छुन जाँदा एक युवक ग’म्भीर घा’इते भएका छन्।

 

आज बिहान १०:०५ बजेतिर हाईटेन्सन लाइनको सम्पर्कमा पर्दा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ बस्ने २६ वर्षीय सन्दिप महतो करेन्ट लागी घाइते भएका हुन्। करेन्ट लागेर उनको शरीरका विभिन्न भाग गरी करिब ३५ प्रतिशत जलेको तथा अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। घाइते महतोलाई तत्काल उपचारका लागि सरकारी अस्पताल भरतपुर, चितवन लगिएको हो। उपचार प्रक्रियामा उद्योगका स्वास्थ्यकर्मी सागर बास्ताकोटी संलग्न रहेको बताइएको छ।

 

घटना सम्बन्धी जानकारी बिहान ११:४५ बजे प्राप्त भएपछि प्रहरी निरीक्षक लालबहादुर शाहीको कमाण्डमा ५ जनाको टोली घटना स्थलतर्फ खटिएको प्रहरी कार्यालयले जनाएको छ। घटना स्थल इलाका प्रहरी कार्यालय रजहरबाट करिब २ किलोमिटर पश्चिमतर्फ पर्ने बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको