मौलाकालिका मन्दिरमा राखिएको दुई तोला सुन बेपत्ता

गैंडाकोट, मं‍सिर २५ । गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा करिब एक वर्षअघि भेटिएको दुई तोला सुन हराएको खुलासा भएको छ। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार कार्यालयको दराजमा सुरक्षित रूपमा राखिएको उक्त सुन करिब २० दिनअघि देखिनै हराएको पाइएको हो।

समितिले बताएअनुसार मन्दिर परिसरमा भेटिएको सुनलाई आवश्यक प्रक्रिया पूरा गरी कार्यालयको दराजमा सुरक्षित राखिएको थियो। तर हाल नियमित अभिलेख मिलान तथा अनुगमनका क्रममा दराजबाट सुन नदेखिएपछि घटनाबारे आन्तरिक छानबिन थालिएको समितिले जनाएको छ।

सुन हराउने कारण, सम्भावित संलग्नता र घटनाको शृङ्खलाबारे तथ्य-अनुसन्धान अघि बढाइरहेको समितिले जनाएको छ। प्रारम्भिक चरणमै समितिले कडा निगरानीसहित आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएको छ।

उता, आजको नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ निर्धारण गरिएको छ। सोअनुसार हराएको दुई तोला सुनको मूल्य लाखौँ रुपैयाँको बराबर पर्ने अनुमान गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको