पौष ५ गते शिक्षक सम्मान तथा स्मृति सभा हुने

गैंडाकोट, पौष ४ । श्री जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट-५, नवलपुरमा पूर्व शिक्षक सम्मान तथा संस्मृति सभा आयोजना हुने भएको छ। विद्यालयमा सेवा प्रदान गरिसकेका पूर्व शिक्षकहरूको योगदानको कदर गर्दै पौष ५ गते शनिबार उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

 

कार्यक्रम भूतपूर्व विद्यार्थी मञ्च (२०४०/०४३) समूहको आयोजनामा हुन लागेको हो। आयोजकका अनुसार विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व शिक्षकहरूलाई सम्मान गर्नुका साथै उनीहरूको अनुभव, सम्झना र योगदानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले संस्मृति सभा आयोजना गरिएको हो ।

 

कार्यक्रममा विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। सम्मान तथा संस्मृति सभाले शिक्षक विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विद्यालयप्रतिको आत्मीयता र गौरव भावलाई मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

 

शनिबार विद्यालय परिसरमै आयोजना हुने उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैमा आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको