गैंडाकोट-३ का विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

गैंडाकोट, पौष ८ । गैंडाकोट-३ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ।

 

भरतपुर-२ क्षेत्रपुर निवासी समाजसेवी चन्द्रकान्त गुरागाईंको पहलमा सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई ट्रयाक सेटसहित न्यानो कपडा, विद्यालय पोशाक, कापी-कलम तथा खाजा वितरण गरिएको हो। वितरण कार्यक्रममा वडा सदस्य गोपाल पुलामीको उपस्थिति रहेको थियो। कार्यक्रममा देवीलाल गुरागाईं, सुवर्ण रेग्मी, डम्बर डोटेल र देवराम सुनारीलगायतको सहभागिता थियो। विद्यालयका प्रधानाध्यापक मदन भट्टराईको सहजीकरणमा सम्पन्न कार्यक्रम बाल क्लब अध्यक्ष हिमानी आलेको अध्यक्षतामा भएको थियो भने शिक्षक टिकाडागी र ममता पुलामीले उपस्थितिलाई स्वागत सत्कार गरेका थिए।

 

कार्यक्रमका वक्ताहरूले यस्ता सहयोगले विद्यार्थीको पढाइप्रति उत्साह बढ्ने विश्वास व्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको