गैंडाकोट, नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका-१ जौजुवा निवासी ६० वर्षीया विष्णु माया देवकोटा (छविलाल देवकोटाकी श्रीमती) सम्पर्कविहीन भएकी छन्। परिवारका अनुसार उनी मिति २०८२ पुस ७ गते बिहान करिब ८ बजे घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा नआएकी हुन्।
बेपत्ता विष्णु माया देवकोटा जिल्ला चितवनको रत्ननगर नगरपालिका-१५ मध्यपुरमा हाल बसोबास गर्दै आएकी थिइन्। उनी घरबाट निस्किएपछि परिवार, आफन्त तथा चिनजानका व्यक्तिहरूले सम्भावित सबै स्थानमा खोजी गर्दा समेत कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ।
परिवारका सदस्यहरूका अनुसार बेपत्ता भएपछि मोबाइल फोनसमेत सम्पर्कमा नआएको र हालसम्म कुनै पनि सूचना नआएकाले खोजतलासका लागि प्रहरीमा निवेदन दिइएको छ।
बेपत्ता महिलाको हुलिया अनुसार उनको उचाइ करिब ५ फिट रहेको छ भने अनुहार लाम्चो छ। बेपत्ता हुँदाको समयमा उनले रातो लेडिज ज्याकेट, हरियो ऊनी टोपी, रातो कुर्ती–सुरुवाल तथा रातो चप्पल लगाएकी थिइन्।
यदि कसैले विष्णु माया देवकोटालाई देख्नुभएको वा उनको बारेमा कुनै जानकारी पाउनुभएको भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन वा निम्न नम्बरहरूमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।
सम्पर्क नम्बरहरू:
विजय देवकोटा (छोरा): ९८५५००१२३३
माधव आचार्य (भाइ): ९८५५०५१८५६







