शीतलहरको चपेटामा नवलपुर, जनजीवन प्रभावित, सामुदायिक वनद्वारा दाउरा वितरण

गैंडाकोट, पौष १४ । जिल्लामा बढ्दो शीतलहरका कारण सहरी तथा ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ। चिसो हावा र शीतलहरले दैनिक जनजीवन कष्टकर बन्दै गएको हो।

शीतलहरबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन्। अत्यधिक चिसोका कारण स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न बाध्य भएका छन् भने विद्यालयहरूमा विद्यार्थीको उपस्थिति पनि घट्दो क्रममा रहेको छ।

चिसोको प्रभाव थप बढेपछि जिल्लाका सामुदायिक वनहरूले राहतस्वरूप बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा उपलब्ध गराउन थालेका छन्। जिल्ला सदरमुकाम कावासोतीसहित विभिन्न गाउँपालिका तथा नगरपालिकामा रहेका सामुदायिक वनहरूले उक्त व्यवस्था मिलाएका हुन्।

बढ्दो चिसोबाट नागरिकलाई जोगाउन स्थानीय तहले पनि पहल थालेको छ। गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरवासीलाई शीतलहरबाट जोगाउन तत्काल राहतका कार्यक्रम सुरु गरिएको जानकारी दिँदै नगरपालिकाभित्र रहेका सामुदायिक वनहरूलाई दाउरा वितरणका लागि आग्रह गरिएको बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको