सरस्वती निकेतन आवासीय माविमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक संघ गठन

गैडाकोट, पौष १२ । गैंडाकोट १ मा रहेको सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक संघ गठन तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा नं. १ का वडा सदस्य लक्ष्मी चालिसे प्रतिनिधि अध्यक्षको रूपमा उपस्थित भएकी थिइन् भने वडा नं. १ की वडा सदस्य प्रेमकुमारी वि.क. प्रमुख अतिथि र गैडाकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्री सुरेन्द्र प्रसाद रेग्मी विशिष्ट अतिथिका रूपमा सहभागी सँगै वडा सदस्य

उपस्थिति रहेको थियो।

 

छलफल तथा सहमतिपछि नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा कमलापति शर्मा चयन भएका छन्। समितिको सदस्य सचिवमा भरत बाबु कडेल र सदस्यहरूमा नरेश आचार्य र लक्ष्मी आचार्य गौडेल चयन भएका छन्। शिक्षक प्रतिनिधिका रूपमा राजेन्द्र प्रसाद रेग्मी चयन भएका छन्।

 

 

यसैगरी, शिक्षक-अभिभावक संघको अध्यक्षमा ऋषिराम भण्डारी चयन भएका छन्। संघका सदस्यहरूमा शान्ता पाण्डे काप्री, मनिषा कोइराला, माधव पौडेल, रिता कुमाल, उमा लोहनी अधिकारी, सिता तिमिल्सिना, बसन्ती पौडेल र सुनीता कडेल रहेका छन्। शिक्षक प्रतिनिधिमा देवकी खत्री क्षेत्री चयन भएकी छन्।

कार्यक्रममा सल्लाहकार समितिसमेत गठन गरिएको छ, जसमा मोतिचन्द्र चालिसे, देवेन्द्र सापकोटा, मञ्जु सापकोटा र चन्द्रकला पौडेल रहेका छन्। कार्यक्रमको अन्त्यमा नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कमलापति शर्मा तथा सदस्यहरू श्री नरेश आचार्य, लक्ष्मी आचार्य पौडेल र राजेन्द्र प्रसाद रेग्मीलाई सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको