पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं, माघ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ ।

 

निगम सञ्चालक समितिको पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको थियो । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँले घटाइएको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको