गैंडाकोट, माघ १० । नेपाल मोबाइल व्यवसाय संघ नवलपुरको नगरस्तरीय प्रथम इकाई भेला आज गैंडाकोटमा सम्पन्न भएको छ। नेपाल मोबाइल व्यवसाय संघ नवलपुरका अध्यक्ष दीर्घसिंह कुमालको विशेष उपस्थितिमा नगर कमिटी गठन भएको हो।
भेलाले नेपाल मोबाइल व्यवसाय संघ गैंडाकोट नगर कमिटी सर्वसम्मत रूपमा गठन गरेको छ। नगर कमिटीको अध्यक्षमा छवि खराल चयन भएका छन्। यस्तै उपाध्यक्षमा कमल शर्मा, सचिवमा हरि पौडेल, सहसचिवमा शिव कण्डेल र कोषाध्यक्षमा सुमन भण्डारी चयन भएका छन्। सदस्यहरूमा केशव कण्डेल, सुनिल श्रेष्ठ, नुनबहादुर आले, दिलीप थनेत, अनिल लम्साल र गणेश आचार्य रहेका छन्। कार्यक्रममा बोल्दै संघका नवलपुर अध्यक्ष दीर्घसिंह कुमालले मोबाइल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको मर्यादा र एकताको आवश्यकता औँल्याउँदै नगरस्तरमा संगठन विस्तारले व्यवसायीहरूको आवाज थप सशक्त हुने बताए।
नवगठित नगर कमिटीका अध्यक्ष छवि खरालले व्यवसायीहरूबीच सहकार्य र एकतामार्फत समस्याको समाधान गर्दै संघलाई क्रियाशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।







