गैंडाकोट, माघ १२ । लेखक शम्भु गिरी निर्दोष जीवन को नयाँ कृति ‘प्रेमको सुगन्ध’ आउने भएको छ ।
२०० वटा मुक्तक समेटिएको कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको हो । साहित्य लेखनसँगसँगै गायन र संगीतमा रुचि राख्ने निर्दोष जीवन तीनवटै विधामा सक्रिय छन् । गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका शम्भु गिरी “निर्दोष जीवन”को ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो ।
‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् ।







