नारायणघाट पुलचोकमा भएको दुर्घटनामा एक महिलाको मृत्यु

गैंडाकोट फागुन ६ । चितवनको भरतपुर महानगरपालिका–१ पुलचोकमा टेलरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

 

मंगलबार राति करिब ९:२० बजे गैंडाकोटबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र. ०३००२ ख ३४२३ नम्बरको टेलरले पैदल हिँडिरहेकी नुवाकोट पन्चकन्या गाउँपालिका–२ बस्ने ५५ वर्षीया दुर्गा कटेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी कटेललाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा राति करिब ९:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

 

दुर्घटनापछि टेलर र चालक मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने २३ वर्षीय उज्वल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको