नारायणी सामुदायिक वनलाई गणेशमान सिंह राष्ट्रिय पुरस्कार

गैंडाकोट, २६ साउन। वन संरक्षण, दिगो व्यवस्थापन र स्थानीय समूदायको जीविकोपार्जनमा उत्कृष्ट योगदान पुर्‍याएबापत गैंडाकोटस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूह ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’बाट पुरस्कृत भएको छ।

सामुदायिक वन दिवस २०८३ को अवसरमा ललितपुरस्थित प्रकृति संरक्षण कोषको हलमा आयोजित विशेष समारोहमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले समूहका प्रतिनिधिलाई नगद पुरस्कारसहित प्रमाणपत्र हस्तान्तरण गरिन्। नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत वन तथा भू-संरक्षण विभागद्वारा आयोजित उक्त कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ को मूल्याङ्कनका आधारमा नारायणी सामुदायिक वनलाई राष्ट्रियस्तरको यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।

 

पुरस्कार ग्रहण गरेपछि समूहका अध्यक्ष नेत्रराज सापकोटाले राष्ट्रियस्तरको सम्मानले उपभोक्ता तथा पदाधिकारीहरूमा थप उत्साह र जिम्मेवारी थपेको बताउँदै उनले आगामी दिनमा वनलाई अझ व्यवस्थित र समुदायमुखी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, समूहका उपाध्यक्ष धनपति सापकोटाले वनको दिगो व्यवस्थापनमार्फत स्थानीय समुदायले पाउने प्रत्यक्ष र अप्रत्यक्ष लाभलाई अझ व्यवस्थित गर्ने बताए उनले वन जोगाउँदा समग्र समुदायको जीवन र भविष्य सुरक्षित हुने धारणा राख्दै सचिव सीता गिरीले उपभोक्ताको निरन्तर सहभागिता, कार्यसमितिको मेहनत र सरोकारवाला निकायको सहयोगका कारण यो सफलता सम्भव भएको उल्लेख गरे। वन कार्यालयका सचिव हरि सापकोटाले वनलाई केवल काठ-दाउराको स्रोतका रूपमा मात्र नहेरी समुदायको साझा सम्पत्तिका रूपमा संरक्षण गर्दै आएको अवगत गराए ।

​देशभरका उत्कृष्ट सामुदायिक वनहरूको योगदानको कदर गर्दै प्रदान गरिने यस पुरस्कारले दिगो वन व्यवस्थापन र संरक्षणका अभ्यासलाई थप प्रवर्द्धन गर्न प्रेरणा मिल्ने आयोजकले विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको