नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा गैंडाकोटका युवा नेता सुशील काफ्लेको उम्मेदवारी

गैंडाकोट, असोज १० । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि युवा क्लस्टर खुल्ला तर्फ युवा नेता सुशील काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका काफ्लेले युवा वर्गको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को स्कुल कमिटी अध्यक्षदेखि राजनीतिक यात्रा थालेका काफ्लेसँग भ्रातृ संस्था र पार्टीका विभिन्न जिम्मेवारी सम्हालेको लामो अनुभव छ। उनले २०६३ सालमा गैंडाकोट-१ स्थित ने.रा.श. माध्यमिक विद्यालयको नेविसंघ स्कुल कमिटी अध्यक्ष भएर विद्यार्थी राजनीति सुरु गरेका थिए। त्यसपछि एपेक्स एकेडेमी क्षेत्रपुरमा नेविसंघ प्लस टु समितिको सचिव, गैंडाकोट गाविस समिति सचिव, अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको नेविसंघ अध्यक्ष तथा नवलपरासी क्षेत्र नम्बर १ को नेविसंघ क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी कुशलपूर्वक निभाएका थिए।

यस्तै, २०७१ सालमा नेविसंघ नवलपरासीको जिल्ला सदस्य र २०७३ सालमा जिल्ला सचिव बनेका काफ्ले नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट उनी गण्डकी प्रदेश प्रतिनिधि सदस्यमा निर्वाचित भएका थिए। राजनीतिक गतिविधिबाहेक काफ्ले सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। नेपाल जेसीजअन्तर्गत जेसीआई गैंडाकोटको सन् २०२० का शाखा अध्यक्ष भई नेतृत्व सम्हालिसकेका उनले युवाको व्यक्तित्व तथा नेतृत्व विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबीए) सम्मको अध्ययन पूरा गरेका काफ्लेले युवा पुस्तालाई राजनीतिको मूलधारमा जोड्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। विद्यार्थी राजनीति र सामाजिक क्षेत्रबाट हासिल गरेको अनुभव, संगठन निर्माणमा गरेको योगदान तथा युवाहरूसँगको निरन्तरको सहकार्य नै आफ्नो आगामी राजनीतिक यात्राको मुख्य आधार हुने उनको भनाइ छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको