गैँडाकोट-४ मा रास्वपाबाट रोशन दर्लामीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा, सामाजिक रूपान्तरण मुख्य एजेन्डा

गैँडाकोट, कार्तिक २५ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), गैँडाकोट नगरपालिका वडा नं. ४ का युवा नेता रोशन दर्लामीले आगामी स्थानीय तह निर्वाचन, २०८४ का लागि वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

 

पार्टीको उम्मेदवार क्लबमा आफ्नो नाम दर्ता गराएको जानकारी गराउँदै उनले औपचारिक रूपमा चुनावी यात्राको थालनी गरेका हुन्। विभिन्न सामाजिक संघसंस्थामा लामो समयदेखि नेतृत्वदायी भूमिका निभाउँदै आएका दर्लामीले आफ्नो अनुभवलाई अब वडाको विकास र सामाजिक रूपान्तरणमा जोड्ने उद्देश्य लिएका छन्।

 

नेतृत्व र सामाजिक अनुभव

नगर युवा सञ्जालको अध्यक्ष, नगर खेलकुद विकास समितिको सदस्य तथा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको अध्यक्ष जस्ता जिम्मेवारी सम्हालिसकेका दर्लामीसँग विभिन्न सामाजिक संस्था र राजनीतिक क्षेत्रमा काम गरेको बलियो अनुभव रहेको छ। सोही अनुभवलाई वडावासीको मुहार फेर्न उपयोग गर्ने उनले बताएका छन्।

 

प्रमुख प्राथमिकता तथा प्रतिबद्धताहरू

तिहारको शुभ अवसर पारेर सार्वजनिक गरिएको धारणामा दर्लामीले समावेशी र समृद्ध वडा निर्माणका लागि निम्न विषयहरूमा दृढ प्रतिबद्धता व्यक्त गरेका छन्:

युवा स्वरोजगार र उद्यमशीलता: युवाहरूलाई आत्मनिर्भर बनाउने विशेष योजनाहरू ल्याउने, महिला सशक्तीकरण: महिलाहरूको क्षमता विकास र आर्थिक सबलीकरणका लागि अग्रसर हुने, बालबालिका तथा ज्येष्ठ नागरिक: बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्दै ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सुरक्षालाई प्राथमिकतामा राख्ने ।

 

साझा सहकार्यका लागि अपिल

यो केवल आफ्नो व्यक्तिगत यात्रा नभई गैँडाकोट नगरपालिका वडा नं. ४ को उज्ज्वल भविष्यका लागि साझा सोच, सहकार्य र जिम्मेवारीको सुरुवात भएको दर्लामीको भनााइ छ। तिहारको यस शुभ अवसरमा सम्पूर्ण दिदीबहिनीहरूबाट माया, आशीर्वाद र हौसला प्राप्त हुने अपेक्षा गर्दै उनले सम्पूर्ण अग्रज, आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा आफ्नो यस यात्रालाई साथ, सुझाव र सहयोग प्रदान गरिदिन हार्दिक अनुरोध गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको