मौलाकाली केवलकारमा प्रदर्शनकारीको आक्रमण, सबस्टेसन पूर्णरूपमा ध्वस्त

गैँडाकोट, भाद्र २४ । जेनजी आन्दोलन चर्किंदै जाँदा गैँडाकोटस्थित मौलाकाली केवलकारमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्। मङ्गलबार साँझ भएको आक्रमणमा केवलकारको सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

 

प्रदर्शनकारीहरूको ठूलो भीडले केवलकार परिसरमा प्रवेश गरी तोडफोडसँगै सबस्टेसनमा पेट्रोल छर्केर आगजनी गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आगलागीका कारण केवलकारको विद्युत आपूर्ति प्रणाली, तार जडान, मेशिनरी र भौतिक संरचना पूर्णरूपमा ध्वस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यस घटनापछि मौलाकाली केवलकार सञ्चालन अनिश्चित बनेको छ भने पर्यटन व्यवसायमा पनि ठूलो प्रभाव पर्ने देखिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको