मुग्लिन-नारायणगढ सडकखण्डमा बहु-सवारी दुर्घटना

चितवन, कात्तिक १ । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा आज बिहान बहु-सवारी दुर्घटना भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बस, ट्रकसहित सात वटा सवारीसाधन आपसमा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेहरूको उद्धारकार्य जारी रहेको छ र उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइँदैछ।

 

दुर्घटनाको कारण र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा ट्राफिक प्रहरी र स्थानीयबासीको सहयोगमा उद्धार तथा सडक सञ्चालनमा ल्याउने कार्य भइरहेको

छ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको