जेन-जी आन्दोलनमा मारिएकाको सम्झनामा राष्ट्रिय शोक, बुधवार सार्वजनिक बिदा घोषणा

काठमाडौँ, भदौ ३१ । जेन-जी पुस्ताद्वारा भाद्र २३ र २४ गते आयोजित आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ।

 

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा आउँदो २०८२ साल असोज १ गते (बुधबार) देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा सार्वजनिक बिदा दिइने जनाएको छ। सोही दिन नेपालभर राष्ट्रिय झण्डा आधा झुकाइने पनि सूचनामा उल्लेख छ।

 

मन्त्रिपरिषद्ले भदौ ३० गते बसेको बैठकले निर्णय अनुसार उक्त सार्वजनिक बिदा दिने व्यवस्था मिलाइएको हो। सरकारले मृतकहरूको सम्झनामा शोक व्यक्त गर्दै आम नागरिकलाई पनि श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको