गैंडाकोटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै

गैंडाकोट, माघ १९ । श्री गोपेश्वर महादेव मन्दिर बोलबम धाम शिवालय सेवा समिति गैंडाकोट – २, नवलपुरको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ – २०८२ हुने भएको छ।

महायज्ञ माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्री आचार्य स्वानन्द कृष्णको प्रमुख वाचकत्वमा सञ्चालन हुनेछ। सेवा समितिका सचिव नेत्रप्रसाद अधिकारीका अनुसार महायज्ञअन्तर्गत श्रीमद्भागवत कथा प्रवचन, भजन-कीर्तनलगायत धार्मिक कार्यक्रमहरू हुनेछन्। महायज्ञको समापन फागुन ३ गते महाशिवरात्रि पर्वका अवसरमा शिवपूजन, रुद्राभिषेक तथा शिव महिमा कथा प्रवचनसहित गरिनेछ। यस्तै, समितिका अध्यक्ष वेदप्रसाद गौडेलले माघ २४ गते बिहान १० बजे स्थानीय मठ-मन्दिर, सामाजिक संघ-संस्था तथा महिला समूहहरूको सहभागितामा शोभायात्रा आयोजना गरिने जानकारी दिए। समितिले सबै श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई धर्म-संस्कृतिको संरक्षणमा योगदान दिन आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको