
काठमाडौँ, असोज ११ । गृह मन्त्रालयले शान्तिपूर्ण तरिकाले सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरेको छ।
काठमाडौँ, असोज ११ । मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी भदौ २३ र २४ गते जेनजेड (Gen-Z) युवाहरूको नेतृत्वमा भएको आन्दोलनपश्चात नयाँ सरकारले आम निर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, “सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा हिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवं उत्साहजनक हुने गरी गर्नुपर्नेछ।”
मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सहयोग पुर्याउन समेत सबै पक्षलाई आग्रह गरेको छ।