
विजय दशमीमा दुर्गामातासंग शक्ति लिन प्रतिकात्मक रुपमा जौ र मकै जमरा राखी दुर्गा भवानीको घटस्थापना गर्ने चलन छ। जमरा उमार्नु भनेको शक्तिशाली संकल्प शक्ति आफूमा इमर्ज गर्ने प्रयास पनि हो। नेपाली जनता हामी सबैले शक्तिदातृ दुर्गाभवानीलाई त्यो जमरा अर्पण गरि शिरोपर गरि शुभ संकल्प गरौं , शान्ति र कल्याणकारी ब्यबस्थाको कामना गरौं । संकल्प बिजहरु।
1. देशको शान्ति , सुशासन र सुब्यवस्था
2. नेपाली बिच आपसी सद्भाव र एकता
3. शान्तिपुर्ण र स्वच्छ निर्वाचन
4. जनताको युवाको बिश्वास जित्न सक्ने नयाँ दलबाट बहुमतको स्थिर सरकार
5. दीगो बिकास र नेपालीको आर्थिक समृद्धिको लागि स्वच्छ युवाहरूको पारदर्शी सरकार ।
6. मैत्रीपुर्ण परराष्ट्र सम्बन्ध
7. बिश्वासिलो निष्पक्ष कानुनी ब्यवस्था
8. पहिचानको उच्च सम्मान र सहिष्णुता
9. रोजगारी र उत्पादन वृद्धि सहितको सहज शान्तिपूर्ण जनजिविका।
10. सहिदको सपनाको सार्थकता
रावण भन्नू मानिसहरूमा हुने खराव व्यबहार हो। दानवी प्रवृत्ति हो। यसको उचाइ मोटाइ उसको खराबी , राक्षसी स्वभावमा निर्भर गर्दछ। जति उ उदण्ड हुन्छ । उति अग्लो हुन्छ डरलाग्दो हुन्छ भन्ने मान्यता राखी मानिसहरु ठूलो रावणको पुत्ला बनाइ जलाउने गर्दछन्। हरेक वर्ष दशै आउछ हरेक बर्ष रावणको पुत्ला जलाइन्छ। यसको अर्थ हो मानिस भित्रको रावण अर्थात खराब व्यबहार वा दानवी रुप जन्मीरहन्छ । आफै भित्रको असल संकल्प शक्ति इमर्ज गरि आफै भित्रको दानवी अहंकारलाई जलाइ दैबीगूण स्थापित गर्न दुर्गाको उपासना गर्ने गरिन्छ। यो बिजय दशमी २०८२ मा हामी नेपालीहरुले तलका दस रावण खराबीहरुलाइ हटाउन सक्ने शक्ति दुर्गा भवानीले दिउन् ।तलका रावणका दश टाउकाहरुको छेदन होस्। संकल्प गरौं ।
नेपाललाई बिगार्ने रावणका दस टाउकाहरु।
1. भ्रस्टाचार , कमिशन र दुराचार भरिएको दानवको टाउको।
2. शान्तिपपूर्ण आन्दोलनमा दमन र घुसपैठ गरि हत्या र ध्वंस गर्ने ताण्डबको टाउको
3. सुबिधाका पदमा परिवारवाद हावी गर्ने रावणको टाउको।
4. दलीय स्वार्थ र अनावश्यक तालमेल गरि सत्ता टीकाउने रावाणको टाउको ।
5. लोकतन्त्रको नाउँमा अलोकतान्त्रिक अभ्यास गर्ने स्वार्थी दानवको टाउको ।
6. सत्ता परिवर्तन र संचालनमा बिदेशी चलखेल गर्ने रावणको टाउको।
7. पाल्तु डन र नेतामुखी दलमुखी कर्मचारीको अनुहार भएको ताण्डवको टाउको ।
8. पुरै न्याय प्रणाली र ब्यवस्थापिकालाई पिजडामा राख्न चेष्टा गर्ने दुस्सासनको टाउको ।
9. काण्डैकाण्डको घडा पिएर झल्लिएको दानवको टाउको।
10. देश र जनताको भलाइ नसोच्ने आफू अघाएर निदाइरहने कुम्मकर्णको टाउको।
यी दस टाउका भएका दानव रुपि खराव चरित्र र व्यबहार भएको रावणलाइ जनता जनार्दन रामले परास्त नगरेसम्म यो देशले निकास र बिकास पाउदैन । दुर्गामाताले नेपाली जनतालाई शान्तिपूर्ण परिवर्तनबाट लक्ष्यमा पुग्न शक्ति प्रदान गरुन् । शुभकामना !
-तीर्थ रिमाल,
गैंडाकोट ५ नवलपुर