
चितवन, असोज २६ । भरतपुर महानगरपालिका–१ नारायणी किनारबाट एक महिलालाई नदीमा हाम फालेको अवस्थामा उद्धार गरिएको छ।आज बिहान करिब ११:१५ बजेतिर करिब ६०–६५ वर्षकी देखिने महिलाले नारायणी नदीमा हाम फालेकी थिइन्। उनी बेहोस अवस्थामा भेटिएकी थिइन्।
वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी नायब निरीक्षक अर्जुन भुषालको कमाण्डमा रहेको विपद् व्यवस्थापन टोलीले ती महिलालाई उद्धार गरी भरतपुर सरकारी अस्पतालमा उपचारका लागि पठाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार महिलाको परिचय खुल्न बाँकी छ भने उनको अवस्था गम्भीर रहेको बताइएको छ।