
गैंडाकोट, असोज २९ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ईएपी छनोट प्रतियोगिता अन्तर्गत नेपाल र ओमानबीच हुने महत्वपूर्ण खेल आज राति गैंडाकोट-२ भृकुटीचोकस्थित अधिकारी इलेक्ट्रिक परिसरमा ठूलो पर्दामार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ। खेल राति ८:४५ बजेदेखि सुरु हुनेछ।
नेपालका लागि निर्णायक मानिएको यो खेल हेर्न नजिकका सर्वसाधारणलाई उपस्थित हुन आयोजक मध्यका उत्सव कँडेलले सबैलाई आग्रह गरेका छन्।