गैंडाको आक्रमणबाट महिला गम्भीर घाइते

नवलपुर, असोज २९। नवलपरासी (पूर्व) जिल्ला, कावासोती नगरपालिका-१३ लौखनकी ५८ वर्षीया जुलिया महतो मंगलबार दिउँसो गैंडाको आक्रमणमा परि गम्भीर घाइते भएकी छन्।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो करिब १ बजेर ५५ मिनेटको समयमा महतो आफ्नै घर नजिकको नमुना सामुदायिक वनमा दाउरा काट्न गएकी बेला जङ्गलभित्र अचानक आएको गैंडाले उनलाई पछ्याउँदै आक्रमण गरेको थियो।

 

आक्रमणमा परि महतोको बाँया खुट्टाको पिँडुला, कम्मर, दाहिने हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर रूपमा घाइते भएकी उनलाई तत्कालै उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको अस्पताल स्रोतले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको