राष्ट्रपतिद्वारा ‘लर्न एण्ड अर्न’का विद्यार्थी विपिन जोशीको निधनप्रति दु:ख व्यक्त

काठमाडौँ असोज २८ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलस्थित कृषि अन्तर्गतको ‘लर्न एण्ड अर्न कार्यक्रम’मा सहभागी नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

 

राष्ट्रपति पौडेलले जोशीको निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनको आत्माको चिरशान्तिको कामना गरेका छन् ।प्यालेष्टेनी सशस्त्र समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका जोशी केही समयदेखि हमासको नियन्त्रणमा रहेको जनाइएको थियो। जोशीको रिहाइका लागि आफूले समेत पटक-पटक प्रयास गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले जोशीको असामयिक निधनले सम्पूर्ण नेपाली समुदायलाई शोकाकुल बनाएको बताएका छन्।

 

राष्ट्रपतिले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै यस दुःखद घडीमा धैर्य र साहस प्रदान होस् भन्ने कामना गरेका छन्।नेपाल सरकारले जोशीको मृत्युबारे थप विवरण स्पष्ट पार्न सम्बन्धित निकायसँग सम्पर्कमा रहेको बताइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको