गैंडाकोटको मौलाकालिका परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न; ९१ युनिट रगत सङ्कलन

गैंडाकोट, भदौ २७ । “मानवताका लागि रक्त अभियान” भन्ने मूल नाराका साथ शनिवार गैंडाकोटको पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको संयोजन ब्लड डोनर्स सोसाइटीविश्व रक्तदाता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले गरेका थिए । विभिन्न सामाजिक संघ-संस्थाहरूको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा रक्तदान गर्न उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा ८६ जना पुरुष र ५ जना महिला गरी जम्मा ९१ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूका लागि मौलाकाली केवलकारको तर्फबाट निःशुल्क आउजाउ टिकटको व्यवस्था गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले रक्तदान जीवनदान भएको र यसले समाजमा ठूलो परोपकारी कार्य गर्ने बताउँदै उनले “तपाईंहरूले दिएको रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ । यो पवित्र मन्दिर परिसरमा यस्तो मानवीय कार्य हुनु गौरवको विषय भएकाले नगरपालिका यस्ता सामाजिक र मानवीय कार्यहरूमा सदैव साथ र सहयोग गर्न तयार छ ।” कार्यक्रमका संयोजक एवं ब्लड डोनर्स सोसाइटी नवलपुरका पदाधिकारी सन्तोष वाग्लेले रक्त अभावका कारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताउँदै उनले “एउटा महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थलमा यति धेरै रक्तदाताहरूले स्वतःस्फूर्त रूपमा रक्तदान गर्नुभएको छ यसले रक्त सङ्कलनमा ठूलो सहयोग पुगेकोमा सम्पूर्ण रक्तदाता, आयोजक र सहयोगी संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

बृहत रक्तदान कार्यक्रमको आयोजना ब्लड डोनर्स सोसाइटी नवलपुर, धार्मिक सेवा समिति मौलाकालीका मन्दिर, मौलाकाली केवलकार, वे ग्रुप गैंडाकोट र लायन्स क्लब अफ गैंडाकोटको संयुक्त पहलमा गरिएको हो । कार्यक्रमको गैंडाकोट नगरपालिका प्रवर्द्धकको रूपमा रहेको थियो । विपिन पाठकले सहजीकरण गरेको कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजसेवी र स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको