नवलपुर काँग्रेसको आगामी नेतृत्वमा युवा नेता अमृत भट्टचनको बलियो दाबी: सर्वाधिक मतसहित क्षेत्रीय सभापतिको सफल अनुभवलाई बनाउँदै आधार

गैडाकोट,कार्तिक ६ । नेपाली काँग्रेस नवलपुरको आगामी जिल्ला नेतृत्वका लागि प्रभावशाली युवा नेता अमृत भट्टचनले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। काँग्रेसका निवर्तमान क्षेत्रीय सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका भट्टचनले जिल्लामा संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने स्पष्ट लक्ष्यका साथ सभापतिमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका हुन्।

 

गैँडाकोट स्थायी घर भएका नेता भट्टचन विशेषगरी युवा कार्यकर्ता र सर्वसाधारणमाझ निक्कै लोकप्रिय मानिन्छन्। शालिन व्यक्तित्व, वैचारिक स्पष्टता तथा कार्यकर्ताको सुख-दुःखमा निरन्तर साथ दिने सहयोगी स्वभावका कारण उनले जिल्लाभर आफ्नो मजबुत सांगठनिक पकड बनाउन सफल भएका छन्।

हालै सम्पन्न काँग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा नवलपुर क्षेत्रबाटै सर्वाधिक मत प्राप्त गरी विजयी भएसँगै उनको लोकप्रियता र सर्वस्वीकार्यता थप पुष्टि भएको छ। क्षेत्रीय सभापतिको रूपमा देखाएको सबल नेतृत्व र महाधिवेशन प्रतिनिधिमा पाएको अपार जनसमर्थनलाई नै प्रमुख बल मान्दै उनी जिल्ला हाँक्ने तयारीमा जुटेका हुन्। आगामी अधिवेशनमा भट्टचनको उम्मेदवारीले नवलपुर काँग्रेसको राजनीतिमा नयाँ तरङ्ग र उत्साह थपेको छ भने युवा तथा पाका नेता-कार्यकर्ता दुवै पक्षबाट उनलाई आशापूर्ण नजरले हेरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको