गैंडाकोट, कार्तिक १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चर्चित नेता तथा प्रखर वक्ता गोकुल सापकोटाले गैंडाकोट नगरपालिकाको प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दिने तयारी तीव्र पारेका छन् ।
स्थानीय तहको आगामी राजनीतिक यात्रालाई लक्षित गर्दै सापकोटाले पार्टीको आधिकारिक ‘क्यान्डिडेट क्लब’मा आफ्नो नाम उसले दर्ता गराएका हुन् । गैंडाकोट क्षेत्रमा मात्र नभई समग्र नवलपुर जिल्लाका युवाहरूसम्म बलियो पकड र लोकप्रियता बनाएका सापकोटाको यो कदमले यहाँको स्थानीय राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। सुशासन, युवा सहभागिता र विकासका एजेन्डामा प्रखर ढङ्गले आवाज उठाउँदै आएका सापकोटाको उम्मेदवारी चर्चाले गैंडाकोटको आगामी राजनीतिक समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।







