गैंडाकोटमा लागुऔषधसहित चार जना पक्राउ: क्याप्सुल र गाँजा बरामद

गैंडाकोट, कार्तिक २६। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले गैँडाकोटबाट लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

 

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गत कात्तिक २४ गते साँझ साढे ५ बजे गैँडाकोट नगरपालिका-५, कुसुमघाटस्थित नारायणी नदी किनारबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गैँडाकोट-५ का २५ वर्षीय राजु कुमाल, गैँडाकोट-१ का २४ वर्षीय शिव विक, सोही स्थानका २४ वर्षीय सुजल परियार र २६ वर्षीय पुजन परियार रहेका छन्।

प्रहरीका अनुसार खानतलासीका क्रममा राजु कुमालको साथबाट ‘Anargan-25’ लेखिएको ९२ वटा र ‘Tramol-50’ लेखिएको ९२ वटा क्याप्सुल फेला परेको थियो। यसैगरी, पक्राउ परेका शिव विकको कोठामा खानतलासी गर्दा भान्सा कोठामा लुकाइछिपाइ राखेको अवस्थामा १ किलो ५६५ ग्राम गाँजा समेत बरामद गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको