गैंडाकोट, ३० माघ । संविधान सभाका सदस्य तथा नेकपाका नेता गुणाखर बस्यालकी ममतामयि आमा टिका बस्यालको स्वार्गारोहण भएको ११ औं दिनको पुण्य तिथि परम्परागत नभई फरक शैलीमा सम्पन्न भएको छ । गैंडाकोट नगरपालिका वडा नं १, प्रतिभाटोल स्थित बस्याल निवासमा एक समारोहको आयोजना गरि ८९ वर्षको उमेरमा निधन हुनुभएको स्व. टिका बस्यालको ११ औं दिनको पुण्यतिथि तथा श्रद्धाञ्जली सभाको विविध गतिविधिहरु सहित समापन भएको छ । शुक्रबार भएको श्रद्धाञ्जली सभामा स्व. आमा टिका बस्याल र बुवा पृथ्वीनारायण बस्यालको सम्झनामा छोरा गुनाखर बस्यालले आँखा दान गर्नुका साथै रु. पाँचलाखको पृथ्वी-टिका ट्रष्टको घोषणा गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा नेता बस्याल सहित बस्याल परिवारका सदस्यहरुले पनि आँखा दान गर्नुभएको थियो ।
समारोहमा राजनीतिक दलका नेताहरु सहित समाजका बिभिन्न पेशा र योगदान भएका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उनिहरुले संस्कार र संस्कृतिका नाममा भएका विकृति र बिसंगती बिरुद्ध प्रगतिशिल शैलीमा बिवहा, ब्रतवन्ध र मृत्युसंस्कार गर्नु पर्ने समयको माग आएको बताउनु भएको थियो ।
सभामा आफ्ना भनाईहरु राख्दै प्रमुख वक्ता एवं नेकपा स्थाई कमिटीका सदस्य देवेन्द्र पौडेललले स्व. टिका बयाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्धका बेला स्व. टिका बस्यालले दिएको सहयोगको स्मरण गर्नुभएको थियो । नेकपाका नेता पौडेलले श्रद्धाञ्जली सभामा राजनीतिका कुरा खासै नगरे पनि संिवधान संकटमा परेकोले नयाँ ढंगले लेखिएको संबिधान कार्यान्वयन गर्नेबेलामा अहिले संविधानको मुद्दा सर्बोच्चमा रहेको बताउनुभयो ।
सभामा संचारकर्मी संजय तिवारी, राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डे, बाम बुद्धिजीवि प्रेम रिमाल, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष मोती रिजाल, नेकपा केन्द्रीय सदस्य वलावती शर्मा र नेकपा नवलपुरका सह इन्चार्ज किशन प्रसाद गैरे लगायतका रहनुभएको थियो ।
नेकपा नवलपुर जिल्ला कमिटिका अध्यक्ष मित्रशरण विहानीको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभाको संचालन । नेकपा गण्डकी प्रदेशका कार्यालय सचिव धनप्रसाद सापकोटाले गर्नुभएको थियो ।