निर्वाचन आयोग चुनावको तयारीमा :आज दलहरुसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्न लागेको छ।निर्वाचन सम्बन्धी आचारसंहिताबारे छलफल गर्न आइतबार बिहान ११:३० बजे दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।‘संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलहरूलाई छलफलका लागि बोलाइएको हो,’ श्रेष्ठले भने।

आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दललाई छलफलका लागि बोलाएको हो।आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेको जनाएको छ। उक्त मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको हो।सरकारले वैशाखमा निर्वाचन घोषणा गरेको छ। तर प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको