
काठमाडौँ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ ।
गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुटवलमा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङमा, उपसभापति विमलेन्द्र निधि सप्तरीमा र महामन्त्री शशांक कोइरालाले दाङमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको