गैंडाकोट, ४ फल्गुण । गैंडाकोटको मौलाकालिका मन्दिर जाने सिंढिमार्गमा भएका ढुंगाहरुमा अव मूर्तीहरु कुँदिने भएका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरि मौलाकालिका मन्दिर जाने बाटोका दायाँ-बायाँ रहेका ढुंगाहरुमा मूर्ति कुँदिने कार्यशालाको शुभारम्भ भएको छ । सो कार्यशालाको ‘आस्था राषर््िट्रय मुर्तिकला कार्यशाला २०७७’ नामाकरण गरिएको छ । ‘आस्था राषर््िट्रय मुर्तिकला कार्यशाला २०७७ को नेपाल ललित कला प्रतिष्ठानका कूलपति के. के. कर्माचार्यले पत्थर कुँदेर समुद्घाटन गर्नु भएको छ । सो अवसरमा आफ्ना भनाईहरु राख्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कूलपति के. के. कर्माचार्यले मौलाकालिकाको मौलिक अस्तित्वलाई ध्यानमा राखेर मूर्तिहरु निर्माण गरिने भएकाले त्यसले यहाँको धार्मीक पर्यटनको सौन्दर्यतामा बृद्धि हुने बताउनुभयो ।
केहि दिन पछि यि पत्थरहरुमा मूर्तिका आकृतिहरु देख्न पाईने छ
समारोहको अध्यक्ष तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले मन्दिर जाने पथमार्गमा गरिने अन्य सुधार र बिकासका काममा अन्य निजि, सरकारी तथा विभिन्न संघ संगठनहरुले पनि सहयोग गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो ।
मन्दिर समितिका सचिव सुरेन्द्र रेग्मीले संचलन गर्नुभएको समारोहमा ललित कला प्रतिष्ठान, मूर्तिकला बिभागका प्रमुख लालकाजी लामाले मन्दिर जाने बाटोमा भएका ढुंगाहरुमा थप सामग्रिहरुको प्रयोग नगरिने र यहीँ उपलब्ध भएका ढुंगाहरुमा मूर्तिकारहरुले स्वतन्त्रपूर्वक मूर्ति बनाउने जानकारी दिनुभयो ।
समितिका उपाध्यक्ष खगराज कँडेलले स्वागत मन्तब्य राख्नुभएको सो समारोहमा वडा नं १ का वडा अध्यक्ष हरिप्रसाद सापकोट, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भूसाल र नेपाल प्रहरीका पूर्व डि आई जी तथा समितिका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महतले पनि आआफ्नो भनाईहरु राख्नुभएको थियो ।
ललितकला प्रतिष्ठानका १५ जना मूर्तिकारहरुले आगामी १५ दिनमा काम सक्नेगरि मंगलबारदेखि नै काम सुरु गरिएको छ भने काम सम्पन्न हुँदासम्म रु २५ लाख लागत लाग्ने बताईएको छ ।
‘आस्था राषर््िट्रय मुर्तिकला कार्यशाला २०७७’ को आयोजकमा श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैंडाकोट नगरपालिका, गैंडाकोट रहेको छ । यसैगरि कार्यशालाको सहयोगिमा गैंडाकोट नगरपालिका वडा नं. १, मौलाकालि सामुदायिक वन उपभोक्ता समुह, गैंडाकोट, देवघाट क्षेत्र विकास समिति, देवघाट तनहुँ, हामी कलाकार वडा नं. ५ र कलावती आर्ट काउन्सिल गैडाकोट ५ रहेका छन् ।
समारोहमा मूर्तिकार तथा कलाकारहरूलाई सम्मान समेत गरिएको थियो ।
समारोहमा मौलाकालिका वन उपभोक्ता समुहका अध्यक्ष काशीनाथ कँडेल, प्रा. डा. नारायण प्रसाद खनाल र डि. आर पोखरेल लगायतको सहभागिता रहेको थियो ।